FLASH NEWS
  • Loading...

यस वर्षको मनसुन (बर्खायाम)मा औषतभन्दाबढी वर्षा हुने

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १८२ पटक पढिएको
यस वर्षको मनसुन (बर्खायाम)मा औषतभन्दाबढी वर्षा हुने

दक्षिण एसियाली मौषमविदहरुका अनुसार आउँदो मनसुनमा नेपालमा औषतभन्दा माथी पानी पर्ने संभावना देखिएकोले कृषीमा निर्भर कृषीमा राहत हुने छ । तर बाढीपहिरोको जोखिमपनी उत्तिकै बढी हुने छ ।

गत अप्रिल २९ मा भारतको पुनेमा सम्पन्न जलवायु विज्ञहरुको बैठकपछि जारी साउथ एसियाली क्याइमेट आउटलुक फोरमले विज्ञप्ती प्रकाशित गरी दक्षिण एशियाली अधिकांश क्षेत्रमा आउँदो मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने संभावना छ ।


पाकिस्तान, भारत, नेपाल, श्रीलंका, बंगलादेश र मध्य भुटानको अधिकांश भागमा दक्षिणपश्चिम मनसुन मौषममा समान्य वा सो भन्दा ठूलो बर्षा हुने दक्षिण एसियाली जलवायु आउटलुक फोरम (SASCOF)ले जुन–सेप्टेम्बरसम्मको मनसुनी वर्षाको संभावित चित्र डाटा पनि सार्वजनिक गरेको छ ।

सामान्यभन्दाबढी मनसुनी वर्षाले कृषीमा सकरात्मक प्रभाव पार्ने हुँदा ग्रामिण कृषी उपभोक्ताको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने छ । नेपालको ६० प्रतिशत जनताको रोजगारी कृषीले ओगटेको छ ।

मनसुनी वर्षाले कृषी उत्पादन, जलविधुत क्षेत्रमा राम्रो हुने भएपनि भारी वर्षाको कारणले मनसुनजन्य विपद निम्त्याउने भएको मानवीय जीवन, सम्पत्ति, पूर्वाधार र वातावरणमा भने ठूलो क्षति पुर्‍याउन सक्छ । पहाडी क्षेत्रमा बाढीपहिरो मनसुनको मुख्य खतरा हुन ।

सामान्यतया नेपालमा मनुसन जुन १३ वरपर प्रवेशगरी अक्टुवर २ भित्र बाहिरिने गर्छ । यस वर्षपनि सोही अनुसारको अपेक्षा छ ।