FLASH NEWS
  • Loading...

बाबियाचौरमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १२७ पटक पढिएको
बाबियाचौरमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।

देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले उद्घाटन गरे ।

मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा यहि वैशाख १६ गते सम्म संचालन हुने महायज्ञको पहिलो दिन विभिन्न आमा समुह तथा संघ संस्थाको उपस्थितिमा कलश यात्रा गरि बाबियाचौर बजार परिक्रमा समेत गरिएको थियो ।

महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्दैछन । महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरति, लाखवत्ति, पितृको फोटो, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ

महायज्ञको पहिलो दिन मंगला २ बाबियाचौर निवासी स्वर्गीय नगेन्द्र बहादुर अधिकारीको स्मृतिमा उहाँका छोरा, छोरी, ज्वाई स–परिवारको तर्फबाट २ लाख १ हजार १११ सहयोग गरेको समितिले जनाएके छ । *तस्वीर साैजन्य ः अमित विश्वकर्मा