FLASH NEWS
  • Loading...

विधुत सर्टहुँँदा घारमा एक घरपसलमा आगलागी, दर्जनाैं घरका मिटर जले

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ४७८ पटक पढिएको
विधुत सर्टहुँँदा घारमा एक घरपसलमा आगलागी, दर्जनाैं घरका मिटर जले

अन्नपूर्ण गाउँपालिका, ६ घारमा आईतवार विहान ११ बजे विधुत लाईन सर्ट हुँदा एक घरपसल जलेको छ । कम्तीमा तीन वटा कुटानी पिसानी मिल तथा दर्जनबढी घरको मिटर सर्ट भै जलेको छ ।

स्थानीय भुवानी आधारभुत विद्यालयका शिक्षक बेलबहादुर बरुवालका अनुसार विधुत सर्ट भै ठूलोखेतमा राम बरुवालको पसल तथा आरसिसि घरको दुई वटा कोठा जल्दा ५ लाखबढी मुल्यका सामान जलेकाे छ । विधुतको मेन स्वीच अफ गर्न खोज्दा सोही वडाको खिम्जाकी उजेली बरुवाललाई करेन्ट लागेको र घार श्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि घर फर्केकी छिन ।

त्यस्तै विधुत सर्टहुँदा भन्थान स्थित डिलबहादुर बरुवाल, ओडारे स्थित शिवप्रसाद वरुवाल, इदार स्थित नानीमैयाँ वरुवाल, खिम्जा सु.बहुतबहादुर बरुवाल, पैहृीखेत बमबहादुर बरुवाल समेत ६ जनाको घरमा रहेका कुटानी पिसानी मिल जलेको छ ।

‘एक्कासी विधुतको लाईनमा हुनुनुनुनुन गर्दै आवाज आयो । उत्तिखेरै घरको मिटर बक्समा पट्याक्क पड्क्यो र आगोको झिल्का निक्लिएको थियो । मेरो घरमा फ्युज जल्यो अरु क्षति भएन अन्य छिमेकीको घरमा धेरै क्षति भएको छ’ अन्नपूर्ण गापा, ६ लामोगराका लिलबहादुर खड्काले भने, ‘यो ट्रान्सफर्मरमा पनि कुनै खरावी हुन सक्छ । यस अघि पनि पटकपटक हाईभोल्टेज विधुत आउने र घरका फ्जु जल्ने, बल्व जल्ने भैरहन्थ्यो । विधुतले गरेको चरम लापरवाहीले धन्य मानविय क्षति भएन ।’

त्यसैगरी लामोगरा स्थित सागर खड्का, ओडारे नीलबहादुर बरुवाल समेत दर्जनबढी घरका मिटरबक्स पनि जलेका स्थानीयले बताएका छन ।

स्थानीयका अनुसार ओडारे, लामोगरा, ठूलोखेतहुँदै विरौटा क्षेत्रमा विधुत वितरण गर्ने ठूलोपाखा स्थित ट्रान्सफर्मरले हाईभोल्टेज विधुत प्रवाहहुँदा विधुतिय दुर्घटना भएको हो । सो टान्सफर्मरमा ल्याएको विधुतको मेन लाईन रहेको पोलमा नै वितरण लाईनको तार पनि टाँगीएको र हावाहुरीले मेनलाईन र वितरण लाईनका तारहरु जोड्न पुग्दा वितरण लाईनबाट घरघरमा हाईभोल्टेज विधुत पुगेको र सर्ट भै आगो लागेको हो ।

‘अन्नपूर्ण गापाको घारमा विधुत हाईभोल्टेज भै लाईन सर्ट भएको भन्ने खवर छ । म पनि प्रदेश कार्यालय पोखरा छु, हाम्रा मान्छे घट्नास्थलमा पुगेका छन, अध्ययन भैरहेको छ’ नेपाल विधुत प्राधिकरण बेनी केन्द्र प्रमुख प्रताप बरालले भने, ‘मिटरबक्सहरु जलेको र अन्य विधुतकै कारण क्षति पुगेको रहेछ भने क्षतिपूर्ति ब्यवस्था हुन्छ ।’