FLASH NEWS
  • Loading...

वडासदस्य फगामी परिवारद्वारा वाैद्धिक स्राेत केन्द्रलाइ खाद्यान्न सहयोग

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ४० पटक पढिएको
वडासदस्य फगामी परिवारद्वारा वाैद्धिक स्राेत केन्द्रलाइ खाद्यान्न सहयोग

बेनी नगरपालिका वडा नम्वर ७ का सदस्मंय मंगलाघाट निवासी रमेश फगामी मगर परिवारले बेनी नपा, ५ वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेकाे छ । फगामी बेनी नपा, ७ नं वडा सदस्माय एमालेबाट निर्वाचित सदस्य हुन ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री सहयाेग गरेकाे विद्यालयले जनाएकाे छ ।

बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री सहयाेग भएकाे हाे ।