FLASH NEWS
  • Loading...

कालीपुलस्थित मोटरपुलको पिलर सुरक्षा गर्न ज्याकेट ओढाईने

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ३४७ पटक पढिएको
कालीपुलस्थित मोटरपुलको पिलर सुरक्षा गर्न ज्याकेट ओढाईने

कालीगण्डकी नदीले निरन्तर कटानले पिलर फुटाएर जोखिम बढेपछि सदरमुकाम जोड्ने बेनी नगरपालिका, ८ कालिपुल स्थित कालीगण्डकी नदीमाथी निर्मित मोटरेवल पुलको रेट्रो फिटिङ विधीमा ज्याकेटिङ गरिने भएको छ ।
सडक विभागले २०६३ सालमा कालीगण्डकी नदीमाथी निर्माण गरेको ७२ मिटर लामो मोटरपुलको पिलरलाई बर्खायाममा कालीगण्डकीले ल्याउने ठुला ढुङ्गाले निरन्तर कटानले फुटालेको थियो । नदीको निरन्तर कटानले फुटेर भत्केको पिलर संरक्षण गर्न रेक्ट्रोफिटिङविधीबाट ज्याकेटिङ गरिन लागेको हो ।


कालीपुलको माोटरपुल सुरक्षित गर्न पिलरको जग खोलेर ५० सेमी बाक्लो फिसिसिगरी ५ मिटर अग्लो रनिङ डवल जालीराखी केमिकलयुक्त माईत्रो कंक्रिट ढलन गरी फर्मासहित ज्याकेटिङ गर्न लागिएको छ । सडक विभागको पुलमहाँशाखा पोखरा कार्यालय मार्फत आजद निर्माण सेवा प्रालि काठमाण्डौले पुलको पिलर मर्मत, रंगरोगन तथा सोलार सिस्टमको ट्राफिक लाईटिङ गर्न थालेको हो ।
‘बेनीदेखी मालढुङ्गाहुँदै पोखरा र पोखराबाट शिद्धार्थ राजमार्गहुँदै भैरहवासम्मका ५९ वटा पुलको मर्मत, रङरोगन तथा लाईटिङको काम एकमुष्ठ ठेक्का लिएकोले कालीपुलको पुल मर्मतको मात्र लागत हामीले भन्न सक्दैनौं’ ठेकदार कम्पनी आजद निर्माण सेवा प्रालिका फिल्ड सुपरभाईजर युवराज बरालले बताए ।
कम्तीमा ७ वर्ष अघि मोटरपुलको पिलर भत्केपछि विभागले फलामको पाता कसेर संरक्षण प्रयास गरेको थियो ।तर नदीले फलामको पाता समेत चुँडाएर पिलर थप फुटाउँदा पुल जीर्ण र जोखिमयुक्त बनेको हो । कालीगण्डकी करीडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडकमा अहिले ट्राफिक लोड अत्याधिक बढेको छ ।