FLASH NEWS
  • Loading...

गठवन्धनकाे शनिवार च्युरीबाेट र देविस्थानमा चुनावी सभा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९२ पटक पढिएको
गठवन्धनकाे शनिवार च्युरीबाेट र देविस्थानमा चुनावी सभा
१%

अासन्न प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गुर्वजा तथा प्रदेश सभा सदस्य क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीले शनिबार मालिका गाउँपालिका–४, च्युरीबोट र ५ देविस्थानमा आयोजित चुनावी सभा सम्पन्न गरेका छन ।

चुनावी सभालाइ  उमेद्वार खम्बिर गर्बुजाले पाँच वर्षलाई भत्ता खान र संसदको सुविधा लिनका लागि मात्र पटक पटक उमेद्वार नबनेको दावी गर्दै भने, “म सुख र सुविधा भोगी हुन्थ्ये भने वेलायतमै बस्थें । म भाषणले होइन काममा विश्वास गर्छु । म्याग्दीमा केही परिवर्तन ल्याउन जनतामाझ आएको हो ।”

गर्बुजाले ओखरबोटको तामाखानी सञ्चालनमा पहल गर्ने, देविस्थान जोड्ने सडक स्तरोन्नति गर्ने, दरवाङ–तमानखोला सडक स्तरोन्नति गर्ने, खानेपानी, विद्युतीकरणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।

प्रदेससभा क्षेत्र (ख)का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जनको अवसर गठबन्धनको प्राथमिकता भएको दावी गरे ।

१%
१%