FLASH NEWS
  • Loading...

बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३१ पटक पढिएको
बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल

झण्डै दश दिनको संवादहीनतालाई तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार संवाद भएको छ। बिहीबार विहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।  ‘अहिले ११ बजेदेखि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।
दुई अध्यक्षबीच ‘वान टु वान’ छलफल भइरहेको बताइएको छ। यसअघिका छलफलमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल र प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथमा राखेर वार्ता गरेका थिए।
तर आजको वार्तामा दुई अध्यक्षमात्रै सहभागी रहेको सापकोटाले जानकारी दिए। दुई अध्यक्षबीच साउन साउन २०गतेपछि छलफल भएको यो पहिलो पटक हो। प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ।