FLASH NEWS
  • Loading...

भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १३६ पटक पढिएको
भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र

चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ।
बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसको महशुस नेपालका धेरै स्थानमा भयो।
भूकम्पको केन्द्रविन्दुबाट नजिकै पर्ने सोलुखुम्बुमा भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको छैन । भुकम्प क्षेत्र विशेषगरी नजिकै पर्ने लोबुचेमा क्षति भएका अनुमान गरिएको छ।
शक्तिशाली भूकम्पपछि परकम्प पनि गइरहेको छ। भूकम्पको केन्द्रविन्दु दिङ्गे र नेपालतर्फ लीबुचेको दूरी ९० किलोमिटर रहेको बताइएको छ।