FLASH NEWS
  • Loading...

प्रदेश १, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९३ पटक पढिएको
प्रदेश १, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको अनुमान गरेकाे छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको आकलन गरिएको छ। आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।