- Loading...
बेनी नगरपालिकाले अतिक्रमण हटाउन अभियान चलाउने
- पुनहिल डट कम
- २ साल अघि
- १७९ पटक पढिएको

बेनी नगरपालिकाले सदरमुकाम बेनीका सार्वजनिक जग्गा तथा सम्पक्ति अतित्रमण हटाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अभियान चलाउने भएको छ ।
पत्रकार महाँसघ म्याग्दीको शनिवार सम्पन्न सातौं साधारण सभामा बोल्दै प्रमुख अतिथी बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सार्वजनिक सम्पक्तिको सुरक्षा र अतित्रमण हटाउन अभियानकै रुपमा लाग्ने बताए ।
नगरप्रमुख केसीले जिल्ला प्रशासन कार्यालय अगाडी विरेन्द्रचोक, हाँडेभिर, कालीपुल समेत बजार भित्र झएका सरकारी, गैहृसरकारी र ब्यक्तिगत सवैखाले अतित्रमण हटाईने छ ।
नगर प्रमुख केसीका अनुसार विरेन्द्र चोकमा साविक वन कार्यालले नर्सरी स्थापनाको नाममा चर्चेको जग्गाको नापनक्सा एकिन गरिने, कालीपुलमा अतिक्रमणगरी बनेको होटलमा डोजर नै चलाउने र विरेन्द्रचोक र हाँडेभिर क्षेक्रमा त्रमशः अतिक्रमण हटाउने योजना छ ।
शनिवार सम्पन्न नेपाल पत्रकार महाँसघको सातौ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवाल, स्थानीय संञ्चार माध्यम नियामक निकाय जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोका समेत वक्ताहरुले पत्रकारीता पेशालाई ब्यवसायीक शुद्धता राख्न सुझाव दिँदै समाज रुपान्त्रण गर्न रचनात्मक सुझाव र आलोचना राख्न सुझाव दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
