- Loading...
अपाङ्गता भएका ब्यक्तिहरूकाे ३१ अाैं अन्तराष्ट्रिय दिवसकाे उपलक्ष्यमा बेनीमा दीप प्रज्वलन
- पुनहिल डट कम
- २ साल अघि
- २४४ पटक पढिएको

समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नारासहित शनिवार अपाङ्गता भएका ब्यक्तिहरूकाे ३१ अाैं अन्तराष्ट्रिय दिवस म्याग्दीमा पनि मनाइएकाे छ ।
सामाजिक विकास कार्यालय म्याग्दी र अपाङ्ग सघसमेतकाे संस्थाहरूकाे सहकार्यमा शनिवार बेनीकाे विरेन्द्रचाेकमा दीप प्रज्वलन समेत गरिएकाे छ ।
यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ।
अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झैँ अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनै पनि चुनौतीको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन ।
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आज सामाजिक विकास कार्यालय म्याग्दी र अपाङ्ग सघसमेतकाे संस्थाहरूकाे सहकार्यमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा सहित दिवस मनाइएकाे छ ।
समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो । विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गता कालागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
