FLASH NEWS
  • Loading...

मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीकाे अन्तक्रिया

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३३ पटक पढिएको
मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीकाे अन्तक्रिया

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्वर्गीय मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा पारेर ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ । 
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले मदन भण्डारीले नेपाली कम्युनिष्ट पार्टी, नेपाली कम्प्युनिष्ट अान्दाेलनमा पुर्याएकाे याेगदान र बहुदलिय जनवादले परम्परागत कम्युनिष्ट दर्शनमा दिएकाे याेगदानकाे चर्चा गरे ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय तह निर्वाचनको समीक्षा  साथै भावी योजना र रणनीतिसहित विषय छलफल भएकाे प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँले बताए ।