FLASH NEWS
  • Loading...

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३४ पटक पढिएको
मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्  नेपाल पर्यटन बोर्डले अध्यागमनविभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार  जना पर्यटक नेपाल भित्रिएका हुन् । 

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए 

वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिडमहामारीपछि सबैभन्दा बढी हो । सन् २०२२ को जनवरीमा १६ हजार ९७५  फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्  नेपालमा हिमालआरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्  वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशीनेपाल आउने गर्छन्