- Loading...
काेभिडले राेकिए घुमन्ते पाइलाहरू
- पुनहिल डट कम
- ३ साल अघि
- ३५० पटक पढिएको

तपाईं हिंड्न रमाउनुहुन्छ र फुर्सद हुनासाथै ‘वाक’ वा ‘हाइक’ वा ‘ट्रेक’ का लागि खुट्टा उचालिहाल्नुहुन्छ भने पक्कै पनि आफ्नो स्वास्थ्यप्रति बढी नै सचेत हुनुहुन्छ। हिंडाइ र मानव स्वास्थ्यबीच अन्योन्याश्रित सम्बन्ध छ।
धेरैको विचारमा स्वस्थ रहन र ताजगी पाउनकै लागि हिंडिन्छ। तर, हिंडाइ स्वस्थ जीवनशैलीमा मात्र सीमित छैन, यसको बृहत् सामाजिक-आर्थिक आयाम छ। परापूर्वकालमा मानिसहरू नाना, खाना र छानाको खोजीमा कैयौं कोश हिंड्थे। भाेटबाट नुन र मधेश (वटाैली)बाट कपडा बाेकेर ल्याउँथे, हाम्रै वाउबाजेहरू। नुन, चिनी, चियापत्ती, बिस्कुट, मिश्री आदि खानेकुरा ढाक्रेसँगै हिंडेरै गाउँ पसेको थियो। हिंडाइ निरुद्देश्य हुन्थ्यो भने शहरबजारका राम्रा कपडा र मीठा खानेकुरा दूरदराजका गाउँमा कहिल्यै पुग्ने थिएनन्।
नेपाल खास गरी पर्वतीय पदयात्राका लागि विश्वप्रसिद्ध छ। यहाँ पदयात्राको शुरूआत सन् १९४९ तिरै भएको इतिहास पाइन्छ। कालीगण्डकी क्षेत्र, हेलम्बु तथा सगरमाथा क्षेत्र साहसिक पदयात्राका लागि उपयुक्त रहेको बेलायती नागरिक विल टिलम्यानले पत्ता लगाएका थिए। नेपालमा पदयात्रा अहिले शोख र व्यवसाय दुवै बनेको छ।
हिंड्नुका अनगिन्ती फाइदा छन्। लामो समयसम्म एकै ठाउँ बसिरहँदा वा आफूलाई निष्क्रिय राख्दा मानव स्वास्थ्यमा अनेक समस्या थपिन्छन्। उहिले मानिसहरू बाध्यताले हिंड्थे, आजभोलि बढीजसो रहरले हिंड्छन्। रहरले हिंड्नेहरू सप्ताहान्तमा शहरबजार र वरपरका डाँडाकाँडा चढ्छन्। अलि बढी घुमन्तेहरू लामो पदयात्रामा निस्किन्छन्।
मानिसहरू पसिना निकाल्दै मानसिक बोझ वा तनाव कम गर्न पनि हिंड्छन्। प्रकृतिसँग सामीप्य महसूस गर्दै आनन्दका लागि हिंड्नेहरू पदयात्रामा प्रशस्तै हुन्छन्। शारीरिक क्षमता र इच्छाशक्तिका आधारमा नियमित हिंड्ने वा कहिलेकाहीं हिंड्नेहरूको अनुहारमा खुशीका रेखा बढी देखिन्छन्।
हिंडाइलाई अर्थ-राजनीतिसँग जोडिनु अावश्यक छ । पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत हो, जसलाई पदयात्राले धानेको छ। पदयात्रामा जानेहरूले यात्राको समय र आफ्नो गच्छे अनुसार रकम खर्चेर अर्थतन्त्रमा योगदान गर्छन्। पछिल्लो समय गाउँगाउँमा खुलेका होमस्टेहरूले समुदायको संस्कृति र पहिचान त जोगाएकै छन्, स्थानीयको जीविका पनि चलेको छ।
हिंड्नु भनेको एक ठाउँबाट अर्को ठाउँ/गन्तव्यमा पुग्नु मात्र होइन, त्यो यात्राको बीचमा रहेको हावापानी, माटो, जीवजन्तु र मानवबीचको संवाद पनि हो। हिंड्नु भनेको बरालिनु होइन। यात्रालाई सानो उपलब्धिमा पनि जोड्न सकियो भने हिंडाइ आनन्ददायी र स्मरणीय भइदिन्छ। यात्रामा पुगिने र भेटिने स्थानहरूको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बुझ्न हिंडाइको उपयोग गर्न सकिन्छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
