FLASH NEWS
  • Loading...

एमालेका जिल्ला कमिटीहरूले साउन २३ भित्र नवीकरण गरिसक्नुपर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६३ पटक पढिएको
एमालेका जिल्ला कमिटीहरूले साउन २३ भित्र नवीकरण गरिसक्नुपर्ने

नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी साउन २३ भित्र जिल्ला कमिटीहरूले नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको छ।

बैठकपछि बोल्दै महासचिव ईश्वर पोखरेलले २७–२८ भदौमा हुने विधान अधिवेशनका लागि जिल्ला सदस्यता नवीकरणलाई अगाडि बढाइएको हो।

उनका अनुसार बैठकले वडाको ३ असोजमा र ९ असोजमा पालिकाको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। विधान अधिवेशनबारे थप निर्णय गर्न २४ साउनमा बैठक बस्नेछ।

त्यसैविच नेकपा एमाले म्याग्दीले पनि साउन मसान्त भित्र पार्टी सदस्यता नविकरण गरिसक्न मातहत कमिटी र कार्यकर्तालाई सर्कुलर भै सकेको जनाएको छ ।