FLASH NEWS
- Loading...
धारापानीको वादिका भीरमा जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु, ८ जना घाईते
- पुनहिल डट कम
- ३ साल अघि
- १८३ पटक पढिएको

धवलागिरी गाउँपालिका, ७ धारापानी नजिक वादिकाको भीरमा यात्रु बाहक जीप पल्टदा सवार एक जना यात्रुको घट्नास्थलमा मृत्यु भएको छ ।
धवलागिरी गापा, ७ ताकमबाट सदरमुकाम बेनी तर्फ गैरहेको ग १ ज ६८०५ नम्बरको जीप विहान ११ बजे सडकदेखी तल खस्दा सोही गापा, ७ ताकमका २७ वर्षिय विशाल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाईते चालक समेत ८ जना यात्रुको मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
‘घट्नास्थलमा भर्खर प्रहरी पुगेर मुचुल्का बनाउँदैछ, घाईतेको थप विवरण आउन बाँकी छ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘अप्यारो भीरको ओरालो सडकबाट भीर तर्फ गुल्टेको गाडी संयोगले सल्लाको रुखमा अड्केकोले थप मानवीय क्षति टरेको छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
