FLASH NEWS
  • Loading...

राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउनुपर्ने देउवाको अडानका कारण शपथ ग्रहणमा ढिलाइ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउनुपर्ने देउवाको अडानका कारण शपथ ग्रहणमा ढिलाइ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि शपथग्रहण कार्यक्रममा ढिलाइ भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सच्याउन अडान राखेपछि कर्मचारीहरूले विज्ञप्ति सच्याउन थालेका जनाइएको छ । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी भने पुगिसकेका छन् ।