FLASH NEWS
  • Loading...

‘सांसदहरु दलको निर्णय विरुद्ध जान पाउँदैनन्’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३३ पटक पढिएको
‘सांसदहरु दलको निर्णय विरुद्ध जान पाउँदैनन्’

आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने वकिलहरुले सांसदहरु दलको निर्णयविरुद्ध जान नपाउने बताएका छन्।

अधिवक्ता भोजराज आचार्यले एमालेका सांसद स्वतन्त्र नउठेका र सूर्य चिह्न लिएर उठेकाले दलविरुद्ध जान नपाउने जनाए। अधिवक्ता बलबहादुर राईले संविधानले दलविहीनताको परिकल्पना नगरेको तर्क गरेका थिए। अधिवक्ता विष्णुमाया भुसालले दलको अनुशासनभन्दा बाहिर कोही पनि सांसद जान नपाउने बताइन्।