- Loading...
गति लिँदै नेपालको पर्यटन
- पुनहिल डट कम
- ४ साल अघि
- २७४ पटक पढिएको

कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवर्द्धनको रणनीति बनाउन लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लोपटक नोभेम्बरमा मात्रै एक हजार ९४७ पर्यटक नेपाल घुम्न आएका छन् । अक्टोबारमा एक हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मकरूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।
नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबाट २०९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १२३ र रुसबाट १०२ तथा क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्ट्रेलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ ।
नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।
बोर्डका निर्देशक मणि लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताए । उनले भने, “कोभिड खोपले आशा जगाएसँगै विश्व बजारमा पर्यटनलगायत आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ । अहिलेको अवस्थामा पर्यटनको कस्तो रणनीति बनाउने भन्ने विषयमा बोर्डले गृहकार्य गरिरहेको छ ।”
कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ८ गतेदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो । बन्दाबन्दी र पछिल्लो निषेधाज्ञापछि करिब छ महिनाको अन्तरालमा गत भदौ १६ देखि नियमित अन्तराष्ट्रिय उडान शुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।
कोभिडका कारण उनीहरु अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । हालको अवस्थालाई पनि मध्यनजर गर्दै बोर्डले आगामी रणनीति बनाउन लागेको निर्देशक लामिछानेले जानकारी दिए । उनले अहिले पर्यटन प्रवर्द्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रवर्द्धन समितिले पनि प्रवद्र्धनका गतिविधिबारे तयारी गरिरहेको बताए ।
सरकारले गत अक्टोवर १७ बाट विदेशी पर्यटकका लागि नेपाल खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर विदेशी नागरिक नेपालको पदयात्रा तथा पर्वतारोहणलगायत गतिविधिमा आउन सहज भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
