- Loading...
रुप्से होलिडेजले चार्टर्ड फ्लाइटमा २ सयबढी भियतनामी पर्यटक ल्याउने
- पुनहिल डट कम
- ११ महिना अघि
- ३७० पटक पढिएको

ट्राभल एण्ड टुर कम्पनी रुप्से होलिडेजले २ सय बढी भियतनामी पर्यटकलाई चार्टर्ड फ्लाइटमा नेपाल ल्याउने भएको छ ।
भियतनामको हानोइबाट मे ११ र मे १८ मा गरी २ सय बढी बुद्धिष्ट धर्मावलम्बी चार्टर्ड फ्लाइटमा नेपाल आउन लागेको रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले बताए।
बुद्ध धर्मावलम्बीका साथै उच्च तहका भिक्षुहरुले नेपाल भ्रमण गर्न लागेको पराजुलीको भनाई छ । पर्यटकहरु भियतनामको हानोइबाट पहिलो चार्टर फ्लाइटमा मे ११ को बेलुका ६ बजे काठमाडौंमा अवतरण गर्नेछन् ।
बुद्धिष्ट पर्यटकहरु ५ रात होटल हायत प्यालेस काठमाडौंमा र अरु रात जाम्बाला होटल, होटल हलेसी, भर्खरै खुलेको लेमज ट्रि प्रिमियर होटलमा रहनेछन् । उनीहरु कूल ७ रात र ८ दिनको प्याकेजमा नेपाल भ्रमण गर्नेछन् । ६ रात काठमाडौं र १ रात हलेसीमा बास बस्ने कार्यक्रम रहेको छ ।
यो नितान्त धार्मिक भ्रमण रहेको र यसबाट नेपाललाई बुद्ध धर्म मान्ने देश भनेर चिनाउँन ठूलो सहयोग पुग्ने रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर पराजुलीले जानकारी दिएका छन् ।
बेनी नगरपालिका, १० पात्लेखेत घर भएका पराजुलीको ट्राभल एण्ड टुर कम्पनी रुप्से होलिडेज नेपाली पर्यटन उद्योगमा परिचित नाम हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
