- Loading...
मुस्ताङमा लेक लागेर चार दिनमा तीन जना पर्यटकको मृत्यु
- पुनहिल डट कम
- १ साल अघि
- २१६ पटक पढिएको

मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो ।
मंगलबार श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उनलाई घासामा पुग्दा श्वास फेर्न समस्या भएको प्रहरीले जनाएको छ । रेवतीको लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रमुख भोज पाण्डेले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए । यस्तै, आइतबार पनि मुक्तिनाथमा भारतकै नागरिकको मृत्यु भएको छ । भारत तिलंगा बस्ने ६६ वर्षका जी सत्यनारायणलाई मुक्तिनाथमा श्वास प्रश्वासमा समस्या आएको थियो । उनको जोमसोम अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । उनको शव पनि पोष्ट मार्टम गर्न पोखरा ल्याइएको छ ।
प्रहरी प्रमुख पाण्डेका अनुसार गत शुक्रबार मुक्तिनाथ नजिकै झोङमा हाइकिङ गर्ने क्रममा युक्रेनी नागरिकको मृत्यु भएको थियो । ३५ वर्षकी अन्ना पनिनाको श्वास प्रश्वासमै समस्या आएर मृत्यु भएको पाण्डेले बताए । उनलाई श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल जोमसोम पुर्याइएको थियो । सोही दिन साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पनिनाको शव हेलिकोप्टर मार्फत काठमाडौँको शिक्षण अस्पताल लगिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
