- Loading...
अन्नपूणको खोंचमा खसेका भारतीय पर्यटको तीन दिनपछि उद्धार
- पुनहिल डट कम
- २ साल अघि
- २९४ पटक पढिएको

|t:jL/ SofDk; M cGgk"0f{ k|yd lxdfn cf/f]x0fqmddf ^ xhf/ ld6/ prfO{df ut ;f]daf/ lrlKnP/ j]kQf ePsf ef/tLo kj{tf/f]xLsf] rf/ lbgkl5 p4f/u/L cfwf/ lzlj/df k|fylds pkrf/ ul/“b} . t:jL/ ;f}hGo M OGb|l;+ z]/rg
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण क्रममा गत सोमबार तेस्रो क्याम्प नजिक चिप्लिएर ६ हजार मिटर उचाईको खोंचमा खसेका भारतीय पर्यटक अनुराग मालु (३४)को तीन दिनपछि विहिवार विहान जीवित उद्धार भएको सेभेन समिटबाट खोज तथा उद्धारकालागी अन्नपूर्ण आधार शिविरमा
रहेका इन्द्रसिं शेरचनले बताए ।
भारतको राजस्थान किसनगढका मालु पर्वतारोहण क्रममा गत सोमबार खिंचमा खसेर वेपत्ता थिए । खोज तथा उद्धारकर्ताहरुले मालुलाई जीवित उद्धारगरी प्रभु एयरलाईन्सको हेलिकोप्टरबाट थप उपचारकालागी काठमाण्डौ पुर्याएको उनलाई अन्नपूर्ण आरोहणमा लगेको सेभेन समिटले जनाएको छ ।
शेरचनका अनुसार यस अघि मंगलवार पायोनियर एडभेन्चरबाट अन्नपूर्ण आरोहणगरी फर्कने क्रममा ७ हजार ६ सय मिटर उचाईमा अर्की भारतीय पर्वतारोही वलजीत कौरको पनि जीवित उद्धार गरिएको थियो । कौर अन्नपूर्ण आरोहण गरी फर्कने क्रममा चिप्लिएर खोंचमा खसेकी थिईन ।
त्यसैगरी कौरसंगै अन्नपूर्ण आरोहण गरी फर्कने क्रममा अर्का स्कटल्याण्डका पर्वतारोही सोमबार नै नोयल हान्नाको भने मृत्यु भएको थियो । हान्ना सेभेन समिटबाट अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्कने क्रममा ६ हजार मिटर उचाई बाट खसेका थिए ।
फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ वेस क्याम्पहुँदै ७० बर्ष ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।*तस्वीर ः इन्द्रसिं शेरचनकाे फेसवुकवालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
