- Loading...
बेनीको कालीपुल–क्याम्पसचोक ‘ट्रष्ट फुट ट्रेल’ले जोडियो
- पुनहिल डट कम
- २ साल अघि
- ३२४७ पटक पढिएको

सदरमुकाम बेनीको क्याम्पसचोकदेखी तल कालीपुलको कालीगण्डकी मोटरेवल पुल ओर्लन ‘ट्रष्ट फुट ट्रेल’ले जोडिएको छ ।
बेनी नगरपालिका, ८ वडाकार्यलय रहेको क्याम्पसचोक देखी तल कालीपुल सडकमा ओर्लन क्याम्पस क्षेत्रबाट झर्ने बाढी तर्काउने नालीमाथी २० मिटर लामो फलामे रेलिङसहित सिंढीको पैदलबाटो बनेपछि पैदलयात्रीकालागी सजिलो भएको हो ।
८ नम्बर वडा कार्यालयले ३ लाख लागतमा कालीपुल स्थित मोटरपुलको मुखदेखी क्यााम्पसचोक निक्लने नयाँ पैदल मार्गको निकास निकालेको हो । पैदलयात्री क्याम्पसचोकबाट पिपलचोकहुँदै बसपार्क ओर्लेर मोटरपुल पुगेर पारी पर्वत बेनी जानु पर्थ्यो । अव भने ‘ट्रष्ट फुट ट्रेल’ निर्माणपछि कालीपुल मुक्तिनाथ हार्डवयर छेउबाट ट्रष्ट रेलिङ उक्लेर क्याम्पसचोकमा निक्लन मिल्ने भएको छ । तर यो पदमार्ग रातीको समयमा भने खुल्ला हुने छैन ।
‘क्याम्पसचोकमा रहेको वडा कार्यालयबाट तल कालीपुल मोटरबाटोमा निक्लने बाढी निकास गर्न बनेको ढलमाथी फलामे रेलिङ र भञ्याङ राखेर पैदलमार्ग निकालेका छौं’ बेनी नपा, ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले भने, ‘पैदलमार्गले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मात्र होईन, सर्वसाधारण सवैलाई दिनको समयमा क्याम्पसचोक–कालीपुल पैदययात्रीकालागी सजिलो भएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
