- Loading...
जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु
- पुनहिल डट कम
- २ साल अघि
- १७५ पटक पढिएको

जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा विहिवारदेखी बेनीमा सुरु भएको छ ।
शनिवारसम्म संञ्चालन हुने जिल्ला सभाकाे पहिलाे खण्डमा जिल्लामा रहेका संघीय तथा प्रदेश सरकार मातहतका विषयगत कार्यालयहरू तथा स्थानीय सरकारहरू मार्फत भए गरेका तथा संञ्चालनमा रहेका याेजनाहरूकाे वार्षिक समिक्षा गरिने भएकाे छ । विहिवार जिल्ला सभाकाे प्रतिनिधी सभाका पुर्व सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।
जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा शुभकामना मन्तब्य दिंदै गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जालीले ०६४ सालदेखी जिल्लामा स्थापित राजनैतिक समझदारीकाे मर्मलाइ अात्मसाथ गर्दै जिल्लाकाे विकासमा जुट्न सवै तहमा निर्वाचित जनप्रतिनिधीहरू, राजनैतिक दल, कर्मचारीवर्गलाइ अाग्रह गर्दै पूर्व संघीय तथा प्रदेश सभाका माननीयहरूबाट समेत रायसल्लाह लिएर अघी बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बाेल्ने वक्ताहरुले अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला भित्रिएका ठुला विकास निर्माणका योजनाहरुको कार्यान्वयन पक्ष फितलो बनेको तर्फ चिन्ता ब्यक्त गर्दै विकास निर्माणको क्षेत्रमा राजनीतिक दलहरुले सहमति र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्यद्वय नवराज शर्मा र गोविन्द्र पौडेल, गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुन, गण्डकी प्रदेश सभा सदस्य हरीबहादुर भण्डारी र विमला गौचनले जिल्ला विकास निर्माणमा सवै एक हुनु पर्ने बताए । त्यस्तै, कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष वीरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष गणेश महत, जिल्ला न्याधिश कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरीकृष्ण गौतमले सभा सफलताकाे सुभ कामना ब्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख डिलकुमारी खत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलले कार्यक्रमम उद्देश्य र अधिकृत साधनाकुमारी श्रेष्ठको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रपछि विषयगत कार्यालहरुको प्रस्तुतीको रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
