- Loading...
सगरमाथा चढ्दै म्याग्दी शिखकी चेली दीया पुन
- पुनहिल डट कम
- ३ साल अघि
- ४६६ पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्याैली थलाे भै हाल युकेमा बसाेबास गर्दै अाएकी नायिका दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।
यसअघि ८ हजार १६३ मिटर अग्लो मनासलु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न जान लागेको बताइन् ।
हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना कोभिड महामारीले राेकेकाे पुनले बताइन । सन् २०२२ मा सगरमाथा चढ्ने तयारीमा जुटेकी पुनलाइर् सगरमाथा आरोहणको लागि नेपालमा रहेको इलाइट एक्सपीडिसन्सले आवश्यक प्रक्रियाहरु गरिरहेकाे छ । यो कीर्तिमानी आरोही निर्मल पुर्जाको कम्पनी हो ।
बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत दीयाले व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।
आफ्नो आरोहणमा लाग्ने सबै खर्च आफैँले ब्यहोर्ने उनले बताइन् । “अहिलेसम्म मेरो आरोहणमा कुनै प्रायोजक छैन । म आफैँले सबै खर्च तिर्ने योजना बनाएको छु तर यसबीचमा कोही प्रायोजक आउनुहुन्छ भने पनि स्वागत छ”, उनले भनिन् ।
नेपाल जाँदा बाबासित बज्यै भेट्न म्याग्दी शिख गइरहने दीयालाई गाउँघर प्यारो लाग्थ्यो । शिख गाउँबाट अाँखैमा टाँिसन अाउने धवलागिरी, निलगिरी, अन्नपूर्ण हिमालकाे माेह जागेकाे हाे । विहान उठ्ने वित्तिकै हिमालबाट अाउने चिसाे वतासले पुनकाे मनमा सितलता मात्र दिएन, हिमाल चढ्न सक्छु भन्ने ताताे उर्जा दिन्थ्याे ।
उनले अर्जेण्टिनाको हिमाल र नेपालकै मनासलुकाे चुचुरो समेत टेक्न पुगिन् । हिमाल चढेपछिको आनन्दका बारेमा उनी भन्छिन्, “शुरुमा सक्दिनँ होला जस्तो लाग्छ तर शिखरमा पुगेपछि प्राप्त हुने सुख वर्णन गर्न सकिँदैन ।”
मनासलु हिमाल आरोहणका बारेमा पनि अर्कै कथा छ । सन् २०१६ मा ‘मन्त्र’ चलचित्रको छायाँकनका लागि उनी गोरखाको सामागाउँ पुगेकी थिइन् । मनासलुको काखमा रहेको त्यो गाउँ पुग्दा उनले कहिल्यै त्यो हिमाल चढिएला भनेर सोचेकी पनि थिइनन् । सुटिङ हुँदै गर्दा ‘मनासलु हिमाल चढ्न जापानी टोली आएको छ रे’ भन्ने हल्ला सुन्दा पनि उनलाई कुनै वास्ता थिएन । तर सन् २०१९ मा उनी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) को टोलीमा सामेल भएर मनासलु चढेर आइन् ।
वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरिसकेकी उनलाई सोधियो, “भविष्यमा पर्वतारोहणलाई पेशा बनाउने सोच पो छ कि ?” जवाफमा उनले भनिन्, “पर्वतारोहण मेरो सौख मात्र हो ।”
नर्सको पेशा, अभिनय र पर्वतारोहणको सौख । हालसम्म तीनवटै कुरा सन्तुलनमा चलिरहेको र तीन वटै विधालाई एकसाथ बढाउने उनको योजना छ । *समाचार वीनेपालीमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
