FLASH NEWS
  • Loading...

ओलीकाे प्रश्न- परमादेश त पाँच जनाले गर्नुभएको थियो, एकजनाको मात्र राजीनामा किन श्रीमान् ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५० पटक पढिएको
ओलीकाे प्रश्न- परमादेश त पाँच जनाले गर्नुभएको थियो, एकजनाको मात्र राजीनामा किन श्रीमान् ?

एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्।

एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए।