FLASH NEWS
  • Loading...

चीनमा तीन सन्तानको अनुमति दिइयो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१७ पटक पढिएको
चीनमा तीन सन्तानको अनुमति दिइयो

चीनले ‘दुई बच्चा’को कडा नीतिलाई अन्त गरेको छ।चीन सरकारले अब प्रत्येक जोडीले तीनवटासम्म बच्चा जन्माउन सक्ने अनुमति दिएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाकाअुसार राष्ट्रपति सी चिनफिङको नेतृत्वमा बसेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त निर्णय गरेको हो।यो निर्णय त्यतिबेला लिइएको छ जतिबेला चीनले आफ्नो जनसंख्या सार्वजनिक गरेको छ। पछिल्लो वर्षहरुमा चीनको जनसंख्या सबैभन्दा कम रफ्तारमा बढिरहेको छ।