FLASH NEWS
  • Loading...

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५४ पटक पढिएको
गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कारको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ रुद्रबेणी बस्ने काका नाता पर्ने १९ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई घरमा खेलिरहेको अवस्थामा फकाई स्थानीय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगेर मंगलबार बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।