FLASH NEWS
  • Loading...

एमाले सचेतक चौधरीले फिर्ता गरिन् सरकारी गाडी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५४ पटक पढिएको
एमाले सचेतक चौधरीले फिर्ता गरिन् सरकारी गाडी

विघटित प्रतिनिधि सभा सांसद तथा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेकी छिन्।

दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।

मन्त्री परिषदको सिफारिसमा शनिबार मध्यराति राष्ट्रपतिले प्रतिनिनिधसभा विघटन गरेकी थिइन्। उनले कात्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति पनि घोषणा गरेकी छिन्।