- Loading...
हाइकिङ निस्कनुअघि यस्तो तयारी
- पुनहिल डट कम
- ४ साल अघि
- ३२१ पटक पढिएको

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा विशेषगरी उच्च हिमाली, पहाडी क्षेत्र, वनजंगल तथा तालतलैया पर्ने गरेका छन् । प्राकृतिक दृश्यावलोकन गर्दै हिँड्नुको मज्जा एकातर्फ छ भने अर्कोतर्फ हामीले हाइकिङलाई सुरक्षित बनाउन गर्नुपर्ने तयारी ।
भौगोलिक अवस्था
ट्रेकिङका लागि जान लागेको ठाउँबारे पूर्वजानकारी लिन आवश्यक छ । वनजंगल र भिरपाखामा जाँदा आउन सक्ने कठिनाइबारे सजग हुनुपर्छ । सम्बन्धित स्थानमा यसअघि कुनै प्राकृतिक दुर्घटना भए/नभएको बुझ्नुपर्छ ।
पथप्रदर्शक वा समूह
स्थानीय पथप्रदर्शकको सहयोग लिएर वा समूहमा हाइकिङ गर्ने हो भने सम्भावित समस्याबाट बच्न सकिन्छ । आफू कहिल्यै नगएको ठाउँमा एक्लै वा पथप्रदर्शकविना जानु हुँदैन । प्राथमिक उपचारका सामग्री पनि बोकेर लैजानुपर्छ ।
मौसमबारे पूर्वजानकारी
नेपालमा छिनछिनमै मौसम परिवर्तन भइरहन्छ । यसर्थ, मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कनुपर्छ ।
स्वास्थ्यमा ध्यान
हाइकिङ जान शारीरिक रूपले पूर्ण स्वस्थ हुन अनिवार्य छ । उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने (अल्टिच्युड सिकनेस)लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । तसर्थ, सजग र सचेत बन्नुपर्छ ।
आवश्यक सामान
मौसमअनुसार आफूलाई चाहिने सामान लैजान जरुरी हुन्छ । फेरि, अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनुहुँदैन । जुत्ता, टोपी, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, चक्कुलगायत सामान अनिवार्य लैजानुपर्छ । जाडोमा ज्याकेट, गलबन्दीलगायत न्यानो कपडा साथमा लैजानुपर्छ ।
खानेकुरा
कतिपय ठाउँमा होटेल, रेस्टुराँ उपलब्ध हुँदैनन् । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सिनु हुँदैन । #हाईकिङ गाईडलाईन

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
