FLASH NEWS
  • Loading...

आज मोहरात्रि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८२ पटक पढिएको
आज मोहरात्रि

हिन्दू धर्ममा असाध्य महत्वपूर्ण मानिने चार रात्रीमध्ये श्रीकृष्ण जन्माष्टमीको रात्रि पनि एक हो । हिन्दू धर्ममा महाशिवरात्रि, महाअष्टमी (दशैं)को कालरात्रि, लक्ष्मीपूजा (तिहार)को शुखरात्रि र श्रीकृष्ण जन्माष्टमीको मोहरात्रि विशेष महत्वका छन् ।
धार्मिक मान्यताका आधारमा आजकै दिन द्वापर युगमा मामा कंसको कारागारमा थुनिएका वसुदेव र देवकीले भगवान श्रीकृष्णलाई मध्य रातमा जन्म दिएका थिए । सोही सम्झनामा कृष्णजन्माष्टमी मनाउने गरिएको हो । हिन्दू धर्मावलम्बीहरु आज भगवान श्रीकृष्ण जन्मेको विश्वासका आधारमा हर्षोल्लासपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

आज राति स्वदेश तथा विदेशमा रहेको हिन्दू धर्मावलम्बीहरु भगवान श्रीकृष्णको जन्म हुने भन्दै भजनकिर्तन गर्दछन् । पौराणिक मान्यताअनुसार आजकै दिन मध्य रातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । हिन्दू धर्ममा श्रीकृष्णलाई कर्माका पुजारीका रुपमा मानिन्छ । उनले गितामा कर्म गर तर फलको आशा नगर भनेको उपदेशलाई धेरैले मार्गदर्शनका रुपमा लिएका छन् ।

श्रीकृष्णलाई हिन्दू धर्ममा विष्णुको लिलावतारका रुपमा लिइन्छ । भगवान रामको रुपमा अवतार लिँदा भगवान विष्णुले मर्यादाको पालना गरेको तथा कृष्णको रुपमा अवतार लिँदा लिला गरेको पौराणिक मान्यताका आधारमा उनलाई लिलावतारका रुपमा मानिने गरिएको हो ।