FLASH NEWS
  • Loading...

विधुत प्राधिकरणको बदमासीले घारमा विधुतिय दुर्घटना, ४०० भोल्टको लाईनमा ३३००० भोल्ट विधुत प्रवाह

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १४० पटक पढिएको
विधुत प्राधिकरणको बदमासीले घारमा विधुतिय दुर्घटना, ४०० भोल्टको लाईनमा ३३००० भोल्ट विधुत प्रवाह

नेपाल विधुत प्राधिकरणको गम्भीर लापर्रवाहीले अन्नपूर्ण गाउँपालिका, ६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा भएको विधुतिय दुर्घटनामा परिी ६० घरमा क्षति पुगेको छ ।
घारको ति क्षेत्रमा वितरित विधुत लाईनमा आईतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगोलागी, विधुतिय उपकरण जल्ने, करेन्ट लाग्ने र मिटरबक्स जल्ने समेतका दुर्घटना भएको थियो ।
प्राधिकरणले मापदण्ड विपरित ठूलोपाखा–ओढारे–आलसम्म ३३ केभिए (३३ हजार भोल्ट प्रवाह) भएको हाईटेन्सन लाईनको ३ वटा पोलमा ११ केभी (४ सय भोल्ट) करेन्ट प्रवाह हुने वितरण लाईनको तार टाँगेको थियो । उच्च गर्मीले हाईटेन्सनको लाईन पग्लिएर झार्लिएको ३३ हजार भोल्टको विधुत तार सोही पोलमा टाँगेको ४ सय भोल्टको वितरण लाईनको माथिल्लो तारमा जोडिएपछि उच्च गतिको विधुत उपभोक्ताको घर–घरमा प्रवाह भएको हो ।
‘एक्कासी विधुतको लाईनमा हुनुनुनुनुन गर्दै आवाज आयो । उत्तिखेरै घरको मिटर बक्समा पट्याक्क पड्क्यो र आगोको झिल्का निक्लिएको थियो । मेरो घरमा फ्युज जल्यो अरु क्षति भएन अन्य छिमेकीको घरमा धेरै क्षति भएको छ’ अन्नपूर्ण गापा, ६ लामोगराका लिलबहादुर खड्काले भने, ‘यो ट्रान्सफर्मरमा पनि कुनै खरावी हुन सक्छ । यस अघि पनि पटकपटक हाईभोल्टेज विधुत आउने र घरका फ्जु जल्ने, बल्व जल्ने भैरहन्थ्यो । हामीले यस अघि नै विधुत लाईनमा समस्या आईरहेको भनी विधुतका कर्मचारीलाई पटक पटक भनेका थियौं पनि ।’
उच्चगतिको विधुत प्रवाह भएपछि उपभोक्ताको घरमा जोडिएको ६० जना उपभोक्ताको घरका मिटरबक्स पड्कने, विधुत लाईनमा जोडिएका ५ वटा कुटानीपिसानी मिल, घरमा जोडिएका टेलिभिजन, कम्प्युटर, फ्रिज तथा वोईईल समेतका उपकरण जलेर नष्ट भएका छन ।
प्रहरीका अनुसार उच्च विधुत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिका, ६ घार भुन्याएका जितबहादुर (राम) बरुवालको आरसिसी घरमा एमसिपी फ्युज तथा पसलमा रहेको फ्रिज एकसाथ पड्केर आगो लाग्दा घरको दुई वटा कोठा, ५ लाख बरावरको खाद्यान्न समेत किनारा पसलका सामाग्री, फ्रिज र पसलमा रहेको नगद सहित ७ लाबढीको क्षति भएको छ । कान्तिपुर संवाददाताको घरमा पनि मिटरबक्समा क्षति पुगेको छ ।
त्यस्तै विधुत सर्टहुँदा भन्थान स्थित डिलबहादुर बरुवाल, ओडारे स्थित शिवप्रसाद वरुवाल, इदार स्थित नानीमैयाँ वरुवाल, खिम्जा सु.बहुतबहादुर बरुवाल, पैहृीखेत बमबहादुर बरुवाल समेत ६ जनाको घरमा रहेका कुटानी पिसानी मिल जलेको छ ।
त्यसैगरी हाईभोल्टेजसहित विधुत आएर घरको मिटरबक्स र एमसिवीमा आगो लागेको देखेपछि मुख्य स्वीच अफ गर्न खोज्दा कम्तीमा ५ जनालाई करेन्ट लागेको थियो । उनीहरुको स्थानीय श्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि घर फर्केका थिए ।
‘उच्च गतिको विधुत प्रवाह भै विधुतिय दुर्घटना भएको स्थानमा कर्मचारी पठाएका छौं । प्रहरी मार्फत क्षतिको विवरण पनि संकलन भैरहेको छ’ नेपाल विधुत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले भने, ‘प्राविधिक अध्ययनपछि के के सुधार गर्नु पर्ने रहेछ, तुरुन्त फेर्छौ । अहिले कम्तीमा २ वटा विधुतको पोल फेर्न विधत बन्द गरी ट्रान्सफर्मर समेत परिक्षण गर्दै छौं ।’

नोट ः हाईभोल्टेज विधुत प्रवाह भै भएको विधुतिय दुर्घटनामा मेरो घर समेत परेकोले म विहानै सदरमुकामबाट गाउँको घर जानु परेकोले समचार पठाउन अलि ढिलो भयो । धन्यवाद ।