FLASH NEWS
  • Loading...

पर्यटकीय भ्यू पोईन्टमा बोर्ड राख्न होडवाजी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११५ पटक पढिएको
पर्यटकीय भ्यू पोईन्टमा बोर्ड राख्न होडवाजी

स्थानीय समुदाय र विभिन्न संघ÷संस्था तथा निकायले ठूलो मेहिनत र लाखौं खर्चेर उजागर गरेका पर्यटकीय गन्तब्य र भ्यु पोईन्टहरुमा पछिल्लो समय सस्तो लोकप्रियता खोज्ने संस्था विच बोर्ड राख्ने होडबाजी चलेको छ ।

पर्यटकीय स्थल÷भ्यू पोइन्टको प्रर्वद्धन गर्ने कार्यक्रम संञ्चालन गरेको र संस्थाको बोर्ड राख्दैमा कसरी पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन्छ भन्ने जानकारी गराएका छैनन । पर्यटकीय स्थलहरुमा पुगेका पर्यटकले फोटो÷भिडियो खिच्दा आप्mनो संस्थाको प्रचारप्रसार हुने गरी  कामचोर संस्थाहरुले बोर्ड राख्ने होडवाजी गरेका हुन ।

पछिल्लो पटक महाशिवरात्रिको अवसर पारेर बेनीमा संञ्चालित वेष्ट पोईन्ट कलेजमा गठित क्लव इन्प्mलुएन्सियलु ब्याचलर क्लवले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित झरनामा बोर्ड राखेको छ ।

पर्यटकीय स्थल÷भ्यू पोईन्टहरुमा पर्यटन प्रर्वद्धनको आवरणमा आप्mनो संस्थाको प्रचारप्रसार गर्ने कामको सुरु आत म्याग्दी जेसिजले लभ्लीहिलमा बोर्ड राखेर सुरु गरेको थियो । यो संस्थाले टोड्के, रुईसे समेतका पर्यटकीय स्थलमा आप्mनो बोर्ड राखेको छ । म्याग्दी जेसिजको सिको गर्दै वेष्ट पोईन्ट क्लवले पनि पर्यटकीय स्थलमा पुगेका पर्यटकलाई जर्वजस्ती आप्mनो चिनारी गराउने होडमा जोडिएको हो ।

पर्यटकीय स्थल÷भ्यू पोइन्टबाट तस्वीर लिँदा पर्यटकीय भ्यू छेकिने गरी राखिएका संस्थाका बोर्ड हटाईनु पर्छ । काम गर्ने कालु मकै खाने भालु भन्ने नेपाली उखान जस्तै भएको छ पदयात्रा र फोटोग्राफीमा रुची राख्ने बेनीका एक नाम खुलाउन नमान्ने हाईकिङवालाले भने, ‘पर्यटन क्षेत्रको पहिचान, प्रर्वद्धनमा शुन्य योगदान भएका संस्थाहरुले पर्यटकीय भ्यू पोईन्टमा आप्mनो संस्थाको प्रचार वोर्ड राख्ने सरासर कामचोर हो, दण्डनिय छ ।