- Loading...
निर्मल पुर्जाले दोस्रो पटक चढे धौलागिरी प्रथम
- पुनहिल डट कम
- ५ साल अघि
- ३४३ पटक पढिएको

म्याग्दी, १ जेठ ।
अन्नपूर्ण प्रथम (८०९१मी) हिमाल सफल आरोहण गरेको १५ दिन भित्रै निर्मल पुर्जा (निम्स) संसारको सातामै अर्को अग्लो धवलागिरी प्रथम हिमाल अरोहण गरेका छन ।
अन्नपूर्ण हिमाल आरोहणबाट फर्केर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना घर भै वेलायती सेवा निवृत लाहुरे पुर्जा मगरले मे १० अर्थात वैशाख २७ गते विना बाहृय अक्सीजन धौलागिरी प्रथम हिमालको सफल आरोहण गरेका हुन । यस अघि सन् २०१४ मा पनि पुर्जाले धौलागिरी आरोहण गरेका थिए ।
संसारका सवै ७ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्न ‘प्रोजेक्ट पोसिवल १४/७’ मिसनमा निक्लेका पुर्जा संसारको दशौं अग्लो अन्नपूर्ण प्रथम (८०९१ मी) हिमाल गत अप्रिल ३० मा आरोहण गरी फर्केका थिए ।
‘जलवायु परिवर्तनले धौलागिरी हिमनदीमा ब्यापक फेरवदल भएछ । १४ मा म धौलागिरी आउँदा भन्दा अहिले धौलागिरी ग्लेसियर पातलो भैसकेको रहेछ । संसारको ध्यान अव पुग्न आवश्यक देखें’ आफ्नो फेसवुक पेज र इष्टाग्राममा पुर्जाले लेखेका छन, ‘ग्लोवल वार्मिङ्गले हिमालय क्षेत्रमा पारेको प्रभाव वारे विश्वभर तिब्र बहस आवश्यक छ ।’
संसारका ८ हजार भन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, धवलागिरी, नाङ्गगा पहाड, अन्नपूर्ण प्रथम, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो, शिशापङगामा छन । यी मध्य ८ नेपालमा र बाँकी पाकिस्तान र चीनमा पर्छन ।
किर्तिमानी आरोही पुर्जा सन् २००३ मा पोखरा स्थित व्रिटिश गोर्खा क्याम्पबाट छनौट भै वेलायती सेना प्रवेश गरेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन ।
निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढ्ने पुर्जा मगर संसारका पहिलो आरोही हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।
Nirmal Purja atop Mt Dhaulagiri on Sunday. Photo: Photo Courtesy: Nirmal Purja

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
