FLASH NEWS
  • Loading...

काठमाडाैं महानगरका मेयरलाई कोरोना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३५ पटक पढिएको
काठमाडाैं महानगरका मेयरलाई कोरोना

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
ग्राण्डी अस्पतालमा पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ आएको महानगरका कोभिड १९ फोकल पर्सन ज्ञान बहादुर ओलीले जानकारी दिए। तर, उनको श्रीमतीको भने रिपोर्ट नेगेटिभ आएको छ। अहिले उनी होम आइसोलेनमा बसेका छन्। महानगरका ५ जना कर्मचारी पनि कोरोना संक्रमित छन्। नगर प्रहरी र सरसफाईका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।
जनस्वास्थ्य कार्यालयका काठमाडौंका फोकल पर्सन पार्वती विष्टका अनुसार शाक्यको सचिवालयमा कार्यरत तीन जनाको पनि रिपोर्ट पोजिटिभ आएको थियो।