FLASH NEWS
  • Loading...

नेकपाको कार्यदलले बुझायो प्रतिवेदन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०८ पटक पढिएको
नेकपाको कार्यदलले बुझायो प्रतिवेदन

सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि आवश्यक सुझाव दिन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ।

कार्यदलले पार्टीका दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए।

ओली र दाहाल-नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए । प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।