FLASH NEWS
  • Loading...

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६० पटक पढिएको
थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

आज एकै दिन थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार आज संक्रमित फेला परेकाहरू कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी हुन्।
टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ आएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमा जनाएका छन्।
कोभिड-१९ पुष्‍टि भएकाहरूमा १८, १९, २४, ३०, ३१ वर्षका एक/एक र २० र ३४ वर्षका दुई/दुई जना छन् भने अर्का एकजनाको उमेर खुलेको छैन। संक्रमित सबैजना पुरुष हुन्। सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।