FLASH NEWS
  • Loading...

उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ३० पुग्यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०९ पटक पढिएको
Post Thumbnail

नेपालमा आज एकैदिन १४ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकै दिन उदयपुरमा १२ र चितवनमा २ गरेर १४ जना संक्रमित भेटिएको पुष्टि गरेको हो।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट पछि १४ जना थपिएको पुष्टि गरे।
योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ।
अहिलेसम्म संक्रमितमध्ये एकजना मात्र निको भएर घर फर्केका छन्। बाँकीको ‍उपचार चलिरहेको छ।
कैलालीको धनगढीमा ५ जना, टेकुस्थित अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, वीरगञ्जमा ४ जना र बाग्लुङमा २ जना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।