FLASH NEWS
  • Loading...

कैलालीमा परीक्षण गरिएका रुकुमका दुई जनामा कोरोना पोजिटिभ पुनः परीक्षणका लागि काठमाडौं पठाइयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
कैलालीमा परीक्षण गरिएका रुकुमका दुई जनामा कोरोना पोजिटिभ पुनः परीक्षणका लागि काठमाडौं पठाइयो

रुकुम पश्चिमका दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कैलालीको धनगढीस्थित् पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षणको क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो।

पुनः परीक्षणका लागि उनीहरूको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ।

पोजिटिभ देखिएकाहरूको रुकुम पश्चिमको ठेगाना भने खुलाइएको छैन।

९९ जनाको स्वाब संकलन गरेर २८ चैतमा सुर्खेतबाट कैलाली पठाइएको थियो। सुर्खेतमा पीसीआर मेसिन नभएकाले आरडीटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएइको थियो।

यसमध्ये दुई जनाको रिपोर्ट पोजिटिभ आएको हो। ३ वैशाखामा स्वाब परीक्षण गरिएको थियो।

“धनगढीमा परीक्षण गर्दा पोजिटिभ आएपछि ‘रिटेस्ट’का लागि  काठमाडौं पठाइएको छ”, प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले भने।

डाक्टर खड्काका अनुसार कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए। उनीहरू अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन्।