FLASH NEWS
  • Loading...

सामाजिक विषयमा अर्न्तर मावि हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३७ पटक पढिएको
सामाजिक विषयमा अर्न्तर मावि हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न

युवा रेडक्रस सर्कल न्यू वेष्ट पोइन्ट आवसिय माध्यामिक विद्यालय बेनीको आयोजनामा शनिवार अन्तर माध्यामिक विद्यालय स्तरिय सामाजिक शिक्षा विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा गलेश्वर आवसिय माध्यामिक विद्यालय पहिलो, न्यू वेष्टपोइन्ट आमावि दोस्रो र लोकदीप आवसिय मावि तेस्रो भए । प्रतियोगितामा जिल्लाका १३ माविको सहभागिता रहेको थियो ।

सामाजिक विषयमा हाजिरी जवाफ प्रतियोगिता संञ्चालन गरिएको यो पहिलो भएको वेष्टपाइन्ट युवा रेडक्रस सर्कलले जनाएको छ । श्रब्य, दृश्य तथा माइ ब्याग राउण्ड समावेश गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश ः नगद ८, ५ र ३ हजार नगदसहित गिफ्ट हृयाम्पर र प्रमाणपत्र प्राप्त गरे ।