- Loading...
उपल्लो मुस्ताङ्गमा पहिलाे हिमपात, काेरला नाका संञ्चालनमै
- पुनहिल डट कम
- ४ महिना अघि
- ३१६ पटक पढिएको

सेताम्मे हिउँले ढाकेका बालुवाका पहाड, बाटो, खेत र घरहरु । विश्व सम्पदा सूचिमा प्रस्तावित ‘माटोको शहर’ मुस्ताङ्गको उपल्लो भेग लोमन्थाङ अहिले हिउँले छोपिएको छ ।
शनिवार विहान ११ बजेदेखी उपल्लो मुस्ताङमा हिमपात सुरु भएको हो । हिमपात साँझ सम्म निरन्तर छ । हिमपातको समयमा पनि कोरला नाकाबाट मुस्ताङ्गीहरुले सीमापार चीन क्षेत्रका बजारमा पुगेर सामान ल्याएका थिए । रातभर हिमपात भएको खण्डमा आईतवारदेखी सडक अवरुद्ध हुने भएकोले लोमन्थाङ वरपरका ब्यापारी हिउँ खेप्दै कोरला नाका पुगेका हुन ।
‘शनिवार विहान ११ बजेदेखी हिमपात सुरु भै निरन्तर छ । अहिलेसम्म उस्तो बाक्लो भएको छैन, रातभर हिमपात भैरहेको खण्डमा भोलीदेखी यातायातका सवारी संञ्चालन अवरुद्ध हुन्छ’ लोमन्थाङ गाउँपाििलका, २ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङले भने, ‘भारीहिमपत भएपछि कोरलानाकामा आवतजावत गर्न संभव नहुने भएकोले आज धेरै स्थानीय उता चीनियाँ बजार गएर हिउँ कुल्चदै सामान ल्याएर आएका छन ।’
रातभर हिमपात जारी रहेको खण्डमा उपल्लो मुस्ताङ्गका लोमन्थाङ्ग, छोसेर, छोनुप, चराङ्ग, घमी लगाएतका सात वस्ती स्थलमार्गबाट विच्छेद हुन्छन । हिमपात नहुँदै बढेको अत्याधिक चिसो छल्न अधिकांश मुस्ताङ्गीहरु तल्लो बेंशीका वस्ती तथा शहर झरी सकेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
