FLASH NEWS
  • Loading...

जलजलालाई हात्तिपाइले रोग नियन्त्रणमा उत्कृष्ट सम्मान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८१ पटक पढिएको
जलजलालाई हात्तिपाइले रोग नियन्त्रणमा उत्कृष्ट सम्मान

पर्वतको जलजला गाउँपालिका  हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट बनेको  छ ।

आर्थिक वर्ष २०७९/०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको “राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” लाई सफल पार्नको लागि गाउँपालिकाले खेलेको भूमिका महत्वपूण रहेको भन्दै नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उत्कृष्टको सम्मान गरेको हो।

“राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” को मूल्याङ्कन विश्व स्वास्थ्य सङ्गठनले गरेको थियो। सोही मूल्याङ्कन अनुसार जलजला गापाले उत्कृष्ट सम्मान पाएको हो। सम्मान पालिका अध्यक्ष राजुप्रसाद अध्यक्ष आचार्यले हालै ग्रहण गरेका हुन । अध्यक्ष आचार्यले जनप्रतिनिधि, स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेवीका सामुहिक प्रयास भएको बताए ।