FLASH NEWS
  • Loading...

जापानको एसईई केन्द्रबाट २३ जना परिक्षार्थी सहभागी हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४२३ पटक पढिएको
जापानको एसईई केन्द्रबाट २३ जना परिक्षार्थी सहभागी हुने

चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मुलुक बाहिर जापानमा रहे को परिक्षा केन्द्रबाट २३ जना परिक्षार्थी सहभागी हुँदै छन ।

बोर्डले जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका २३ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने जापानको टोकियो स्थित एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ ।

त्यसका लागि बोर्डले जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनको भनाइ छ ।

धेरै वर्ष अघि हङकङमा पनि एसएलसी परिक्षा परिक्षा संञ्चालन गरिन्थ्ये । अहिले बन्द गरिएके छ ।