FLASH NEWS
  • Loading...

म्याग्दीकाे अन्नपुर्ण गाउँपालिकाले गर्याे फरक क्षमता भएकालाई शिविरबाट अपाङ्गता परिचय पत्र वितरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९३ पटक पढिएको
म्याग्दीकाे अन्नपुर्ण गाउँपालिकाले गर्याे फरक क्षमता भएकालाई शिविरबाट अपाङ्गता परिचय पत्र वितरण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रम बिहिबारदेखि सुरु गरिएको छ ।

गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र राज्यबाट प्राप्त सुविधा उपलब्ध गराउने कानुनी अधिकार स्थापित गराउन  गाउँपालिकाले बिहिबार पोखरेबगरमा आयोजना गरेको घुम्ती शिविरमा १६ जनालाई परिचयपत्र वितरण गरेकाे जनाएकाे छ ।

उक्त शिविरमा २१ जनाको नाम दर्ता भएकोमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्की लगाएतकाे टाेलीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी १६ जनालाई अपाङ्गताको वर्गीकरणको सिफारिस गरेकाे थियाे । शिविरमा वडा नं १ देखि ६ वडासम्म अपाङ्गता भएका ब्यक्ती मात्र अाएकाेले अन्य छुटेका ब्यक्तीलाइ   चिकित्सक सहितको टोलीले अर्को कार्यतालिका बनाएर वितरण गरिने अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दीवा तिलिजाले बताइन । गाउँपालिकाले शुक्रबार हिस्तान र शनिबार राम्चेमा शिविरमार्फत परिचयपत्र वितरण गर्ने े गाउँपालिकाले जनाएको छ ।