FLASH NEWS
  • Loading...

सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, साेही दिन सार्वजनिक बिदा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३११ पटक पढिएको
सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, साेही दिन सार्वजनिक बिदा

सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि हो।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो। उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ। उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।