FLASH NEWS
  • Loading...

औलो रोग सम्वन्धी बेनीमा अन्तरक्रिया

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०६ पटक पढिएको
औलो रोग सम्वन्धी बेनीमा अन्तरक्रिया

विश्व औलो दिवसको अवसरमा मंगलबार बेनीमा पत्रकारसंग अन्तरक्रिया गरिएको छ।

स्वास्थ्य कार्यालय म्याग्दीले दिवसका अवसरमा पत्रकारसंग औलो रोगसम्वन्धी अन्तरक्रिया गरेको हो ।

यस वर्ष स्वास्थ्य मन्त्रालयले ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित अाैलाे दिवस मनाएकाे हाे ।

म्याग्दीमा ओलो रोगका विरामी शुन्य भएपनि हाल कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका एकनाराण लम्सालले बताए। आयातित औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमाना र भौगोलिक विकटताले औलो निवारणको चुनौती रहेको कारण यो रोग लाग्नबाट सचेत रहन अावश्यक छ ।

स्वास्थ्य कार्यालय सूचना अधिकारी गणेश सुवेदीले औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने औलो विरामीको परिक्षण न्यून, औलो रोगका विरामीको परिक्षण प्रभावकारी रुपमा नहुनु, स्थानीयस्तरमा तालिम प्राप्त स्वास्थ्य कर्मीको अभावले हिमाली जिल्ला म्याग्दीमा जोखिम बढ्दै गएको छ ।