- Loading...
मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
- पुनहिल डट कम
- २ साल अघि
- १४९ पटक पढिएको

क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।
मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।
सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो ।
सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।
कतार विश्वकपको उपाधिका लागि भने फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
