FLASH NEWS
  • Loading...

आज वर्षाकाे संभावना, सतर्कता अपनाउन सुझाव

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९३ पटक पढिएको
आज वर्षाकाे संभावना, सतर्कता अपनाउन सुझाव

देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, बारा, पर्सा, चितवन, धादिङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केही नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।