FLASH NEWS
  • Loading...

दरवन्दीका डाक्टर नअाउँदा बेनी अस्पतालको सेवा खस्कदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
दरवन्दीका डाक्टर नअाउँदा बेनी अस्पतालको सेवा खस्कदै

गण्डकी प्रदेश सरकारले बेनी अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मी करार म्याद थप नगर्दा सेवा प्रभावित भएको छ ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्व विद्यालयबाट उत्तिर्ण मेडिकल अफिसर मध्यबाट बर्षेनी ८ जना डाक्टरहरु कम्तीमा एक वर्षकालागी इन्टेन्सीपमा पठाउने गरेको थियो । यो वर्ष गण्डकी प्रदेश सरकारले ति डाक्टरलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएपछि बेनी अस्पताल डाक्टरको समस्या भएको हो ।
कोरोना कोषको बजेटबाट दुई वर्षदेखी करारमा कार्यरत कार्यरत १६ जना स्टाफ नर्स, चार जना हेल्थअसिस्टेन्ट, २ जना फार्मेसी, २ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर र ५ जना कार्यालय सहयोगी गरी ३० जना स्वास्थ्यकर्मीको करार अवधी गत कात्तिक २४ गते सकिएको हो ।
एक साथ धेरै स्वास्थ्यकर्मी बाहिरिएको र नयाँ डाक्टरहरु पनि नआएपछि अस्पतालको ओपिडि, इन्डोर, इर्मजेन्सी समेतका स्वास्थ्य सेवा प्रभावित भएको हो । पहिलो ओपिडिमा कम्तीमा तीन जनाले विरामी चेकजाँच गर्ने गरेकोमा अहिले एक जना मात्र डाक्टर हुँदा विरामीले छिटो छरितो सेवा पाउन सकेनन । त्यस्तै अवस्था छ, इर्मजेन्सी र अन्य विभागको अवस्था पनि ।
‘पहिलो विरामी जाँच्ने ठाउँमा छिटो पालो आउँथ्यो । जाँचेर घर फर्कन सकिन्थ्यो । अहिले दिनभर पालो कुर्नु पर्छ । अझ रगत, पिसाव, खकारको ल्याव परिक्षण रिपोर्ट कुुर्नु पर्दा त एक दिन बेनीमै बासबस्नु पर्ने अवस्था आएको छ’ बेनी नगरपालिका, ४ सिङ्गाबाट आएका पूर्णबहादुर खत्रीले भने, ‘एक जना डाक्टर घरी इन्डोस्कोपी गर्न जान्छन, घरी भर्ना भएका विरामी जाँच्न जानछन । अस्पतालको सेवा ढिला र लट्टपट्टको हुन थालेको छ । राम्ररी विरामीको कुरा पनि सुन्दैनन ।’
करारका श्वास्थ्यकर्मी बाहिरिएको, छात्रवृतीका डाक्टर नआएको कारण मात्र होईन, अस्पतालमा दरवन्दी अनुसारकै डाक्टर तथा स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा समेत सेवा प्रभावित भएको छ ।
बेनी अस्पतालका अनुसार ७ जना दरवन्दीमध्य ५ जनास्टाफ नर्स र ५ जना अनमीको दरवन्दी रहेकोमा ४ जना अध्ययन विदामा छन । २ जना स्टाफ नर्स र १ जना अनमीलाई सहयोग गर्न ब्यवस्थापन समितिले राखेका २ जना र अन्य कार्यक्रमबाट आएका ३ जना गरी ७ जना स्टाफ नर्सले बेनी अस्पतालको इन्डोर, इर्मजेन्सी, डेलिभरी, अप्रेसन, पोष्ट अफ वार्ड, मातृ तथा शिशु क्लिनिक, कोभिड वार्ड, नवजात शिशु स्याहार, डायलासिस, सुरक्षित गर्भपतन समेतका सेवा दिंदै आएका छन ।
५० बेड क्षमताको बेनी अस्पतालमा ८ जना विषेशज्ञ र ४ जना मेडिकल अफिसरको दरवन्दी भएपनि सवै विषेशज्ञ डाक्टरको पद रिक्त छ । ४ जना मेडिकल अफिसरमध्य २ जना अध्ययन विदामा छन । एक पद रिक्त छ । कार्यरत एक जना पनि मेडिकल सुपरिटेडेन्टको भुमिकामा छन ।

बेनी अस्पतालमा अहिले गत वर्ष छात्रबृत्ति कार्यक्रममा आएका तीन जना मेडिकल अफिसर, एक जना एमएसआई प्रोजेक्ट र १ जना नवजात शिशु कार्यक्रमबाट आएका मेडिकल अफिसरले थेगेका छन । जनशक्ति अभाव भएपछि अस्पतालले कोभिड आईसोलेसन वार्ड वन्द गरेको छ । त्यस्तै ल्याव सेवा पनि पहिला जति सुकै वेला पनि ल्याव परिक्षण रिपोर्ट विरामीलाई उपलब्ध गराउदै आएको अस्पतालले अहिले दिउँसो तीन वजे एक घन्टा मात्र बाँड्ने गरेको छ ।
‘बेनी अस्पतालमा ब्यवस्थापनको अवस्था वेहाल छ । सीमित डाक्टर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी सवैले सवै काम २४ सै घन्टा खटिएर गरेका छौं’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कंडेलले भने, ‘५० वेडको अस्पतालमा कार्यरत मेडिकल अफिसर र स्टाफ नर्सको संख्याले प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर देखाईहाल्छ ।’ डा. कंडेलले थपे, ‘न्युनतम सेवा मापदण्ड (एमएसएन) अनुसारको भौतिक पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्यकर्मी धेरै परको कुरा भयो ।’
पूर्वाधार, मानवश्रोत र बजेट अभावका विचमा पनी बेनी अस्पतालले सघन उपचार, रेडियोईमेजिङ तर्फको एक्सरे, अल्टासाउण्ड, इन्डोस्कोपी, डायलासिस, अक्सिजन प्लान्ट, अस्पताल फार्मेसी आदी सेवा जेनतेन भने चलाईएको छ ।