FLASH NEWS
  • Loading...

नक्कली परीक्षार्थीलाई दुई लाखसम्म बुझाउँछन् सक्कली परीक्षार्थी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
नक्कली परीक्षार्थीलाई दुई लाखसम्म बुझाउँछन् सक्कली परीक्षार्थी

प्रहरी जवानमा नाम निकाल्न सक्कली परीक्षार्थीले नक्कली परीक्षार्थीलाई दुई लाख रुपैयाँसम्म बुझाउने गरेको पाइएको छ।यस्तै रकम लिएर अरुको परीक्षा दिने नक्कली परीक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश–१ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले सक्कली परीक्षार्थीबाट १ लाख १८ हजारदेखि दुई लाख रुपैयाँसम्म बुझेको प्रहरीले जानकारी दिएको छ।